नेपालमा कोभिड-१९ संक्रमणबाट १३ जना पत्रकारको मृत्यु काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमणबाट हालसम्म १३ जना पत्रकारको मृत्यु भएको छ। हालसम्म ७५० भन्दा बढी पत्रकार कोभिड-१९ बाट संक्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ। कोभिड-१९ को जोखिमको ख्याल गरी स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ । महासंघले शान्तिराम कार्कीको ३३ वर्षको अल्पायुमै भएको निधनप्रति दुःख व्यक्त गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्