उपत्यकामा आज विहान २९० वटा सवारी साधन होल्डमा काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २९० वटा सवारी साधनलाई आज काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामध्ये २४२ वटा दुई पाङग्रे, ४२ वटा चार पाङ्ग्रे, ३ वटा ट्याक्सी र ३ वटा अन्य ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्