इजरायली हवाइ आक्रमणमा अलजजिरा र एपीको कार्यालय ध्वस्त एजेन्सी। प्यालेस्टाइनको गाजा शहरमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिरा र एपीलगायतका कार्यालय रहेको भवन इजरायली हवाइ आक्रमणमा ध्वस्त भएका छन्। इजरायलले हमास समूहलक्षित आक्रमण गरे पनि सञ्चारमाध्यमका कार्यालय पनि निशानामा परेका छन्। भवनमा रहेकालाई बाहिरिन चेतावनी दिएको एक घण्टामा अक्रमण भएको थियो। उक्त भवनमा आवासीय क्षेत्र पनि थियो। त्यसअघि इजरायलले गाजाको घना जनसङ्ख्या भएको शरणार्थी शिविरमा पनि आक्रमण गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्