इजरायल गृहयुद्धको बाटोमा एजेन्सी। इजरायली सैनिक र प्यालेस्टिनीबीच जारी हिंसक संघर्ष अहिले वेस्टब्यांकका अधिकांश क्षेत्रमा फैलिएको छ। यसले त्यहाँ गृहयुद्ध हुने आशंका बढ्न थालेको छ। वेस्टब्यांकका विभिन्न क्षेत्रमा भएका निरन्तरको हिंसामा कम्तीमा १० प्यालेस्टिनी मारिएका छन् भने सयौं घाइते छन्। अघिल्लो शुक्रबार इजरायली सेना र प्यालेस्टिनीबीच पूर्वी जेरुसलेमबाट हिंसक संघर्ष सुरु भइ अहिले विभिन्न क्षेत्रसम्म फैलिएपछि गृहयुद्धको संकेत देखिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्