अस्ट्रेलियाद्वारा भारतबाट ८० नागरिकको उद्धार बीबीसी। कोरोना महामारीका कारण भारतबाट आफ्ना नागरिकलाई स्वदेश फर्कन रोक लगाएको अस्ट्रेलियाले आज ८० जना नागरिकको उद्धार गरेको छ। कान्तासको उक्त उडानले १५० जनालाई स्वदेश फर्काउने भनिएता पनि कोरोना सङ्क्रमण देखिएपछि ८० जनाको उद्धार गरिएको हो। तीन सातायता अस्ट्रेलियाले भारतबाट आफ्ना नागरिकलाई स्वदेश फर्कन निषेध गरिएपछि त्यसको व्यापक विरोध भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्