अरुण तेस्रोको काम ठप्प संखुवासभा। निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजना स्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए। अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्