इजरायलविरुद्ध साउदी अरबले बोलायो ओआइसीको आपतकालीन बैठक बीबीसी। इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्केपछि साउदी अरबले आज इस्लामिक देशहरुको संगठन (ओआइसी)को आपतकालीन बैठक बोलाएको छ। बैठकमा ओआइसी सदस्य ५७ रास्ट्रका बिदेशमन्त्रीहरु सहभागी हुने जनाइएको छ। प्यालेस्टाइनको पक्षमा माहोल बनाउन बैठक बोलाइएको हो। पछिल्ला दिन इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्केको छ। इजरायलले प्यालेस्टाइनमा हवाई आक्रमण र प्यालेस्टाइनले इजरायलमा रकेट आक्रमण गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्