माल्दिभ्सले लगायो नेपाली नागरिकको आगमनमा रोक काठमाडौं। दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले नेपाली नागरिकको आगमनमा रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि माल्दिभ्सले नेपाली नागरिकलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय गरेको हो। माल्दिभ्सले नेपाल लगायत भारत,पाकिस्तान,बंगलादेश,भुटान,अफगानिस्तान र श्रीलंकाका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ। कोरोना संक्रमित बढेपछि यसअघि मलेसिया, कुवेत, युएई, जापान, बंगलादेश, थाइल्याण्ड, बेलायत र सिंगापुरले पनि नेपालीको प्रवेशमा अस्थायी रोक लगाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्