अमेरिकाले दियो साढे ३६ करोडको स्वास्थ्य सामाग्री काठमाडौं। अमेरिकाको रक्षा विभागले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई ३१ लाख अमेरिकी डलर (करिव ३६ करोड ४८ लाख रुपैयाँ) को स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। अमेरिकाले अक्सिजनसम्बन्धी उपकरणहरु, पीपीई लगायतका सामाग्री उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकी सिनेटको विदेश मामिला सम्बन्धी समितिको बैठकमा बुधबार नेपालले भोगिरहेको कारोना महामारीका विषयमा छलफल भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्