भारतमा मोबाइल उत्पादन आधा घट्यो एजेन्सी। कोरोनाका कारण लगाइएको लकडाउन, संक्रमणको मारमा परेका कर्मचारी तथा कमजोर उपभोक्ताका कारण भारतमा मोबाइल उत्पादन आधा घटेको छ। अप्रिल र मे महिनामा भारतमा कोरोना तीव्र गतिमा फैलिएपछि बिक्री ह्वात्तै घटेको हो। अप्रिलदेखि जुनसम्मको अवधि मोबाइल कम्पनीका लागि चुनौतीपूर्ण बन्न पुगेको छ। मोबाइलका पार्टपूर्जा स्टकमा राख्न सक्ने कम्पनीले मात्रै अहिले उत्पादन गर्न सकिरहेका छन्। कतिपय कम्पनीले उत्पादन स्थगित गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्