काठमाडाैं। झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ ।

दुई महीना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत् यो संख्यामा छपाइ भइरहेको हो। केही दिनपछि दैनिक तीन सिफ्टमा ‘मास प्रिन्टर’ सञ्चालन हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

सो उपकरण निर्माण गर्ने कम्पनीले एकैपटक लामो समयसम्म सञ्चालन गर्न नहुने सल्लाहअनुसार अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ। छपाइमा रहेको ढिलाइ हटाउन केही दिनभित्रै दैनिक तीन ‘सिफ्ट’ मा अनुमतिपत्र छापिने भएको छ। मास प्रिन्टर दैनिक तीन सिफ्ट सञ्चालन गर्ने र अरू प्रिन्टरमार्फत् दैनिक ९ हजारसम्म चालक अनुमतिपत्र छपाइ गरिसक्ने योजना विभागको छ । आगामी चार/पाँच महीनाभित्रैमा छापिसक्न बाँकी रहेका चालक अनुमतिपत्र छपाइ हुने उनको भनाइ छ।

‘मास प्रिन्टर’सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने विभागले जनाएकाे छ। पुराना चार उपकरण मर्मत गर्न लागिएको छ। तीन ‘सिफ्ट’मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको हमालले बताए। ‘मास प्रिन्टर’ सञ्चालनकै लागि अहिले विभागका सातजना कर्मचारीले अहिले तालिम लिइरहेका छन्। देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्दै आएको छ। रासस

" /> काठमाडाैं। झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ ।

दुई महीना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत् यो संख्यामा छपाइ भइरहेको हो। केही दिनपछि दैनिक तीन सिफ्टमा ‘मास प्रिन्टर’ सञ्चालन हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

सो उपकरण निर्माण गर्ने कम्पनीले एकैपटक लामो समयसम्म सञ्चालन गर्न नहुने सल्लाहअनुसार अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ। छपाइमा रहेको ढिलाइ हटाउन केही दिनभित्रै दैनिक तीन ‘सिफ्ट’ मा अनुमतिपत्र छापिने भएको छ। मास प्रिन्टर दैनिक तीन सिफ्ट सञ्चालन गर्ने र अरू प्रिन्टरमार्फत् दैनिक ९ हजारसम्म चालक अनुमतिपत्र छपाइ गरिसक्ने योजना विभागको छ । आगामी चार/पाँच महीनाभित्रैमा छापिसक्न बाँकी रहेका चालक अनुमतिपत्र छपाइ हुने उनको भनाइ छ।

‘मास प्रिन्टर’सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने विभागले जनाएकाे छ। पुराना चार उपकरण मर्मत गर्न लागिएको छ। तीन ‘सिफ्ट’मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको हमालले बताए। ‘मास प्रिन्टर’ सञ्चालनकै लागि अहिले विभागका सातजना कर्मचारीले अहिले तालिम लिइरहेका छन्। देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्दै आएको छ। रासस

"> दैनिक पाँच हजार स्मार्ट लाइसेन्स छपाइ: Dekhapadhi
दैनिक पाँच हजार स्मार्ट लाइसेन्स छपाइ <p style="text-align:justify">काठमाडाैं। झण्डै आठ लाख &lsquo;स्मार्ट&rsquo; चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ ।</p> <p style="text-align:justify">दुई महीना पहिले ल्याइएको &lsquo;मास प्रिन्टर&rsquo; र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत् यो संख्यामा छपाइ भइरहेको हो। केही दिनपछि दैनिक तीन सिफ्टमा &lsquo;मास प्रिन्टर&rsquo; सञ्चालन हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।</p> <p style="text-align:justify">सो उपकरण निर्माण गर्ने कम्पनीले एकैपटक लामो समयसम्म सञ्चालन गर्न नहुने सल्लाहअनुसार अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ। छपाइमा रहेको ढिलाइ हटाउन केही दिनभित्रै दैनिक तीन &lsquo;सिफ्ट&rsquo; मा अनुमतिपत्र छापिने भएको छ। मास प्रिन्टर दैनिक तीन सिफ्ट सञ्चालन गर्ने र अरू प्रिन्टरमार्फत् दैनिक ९ हजारसम्म चालक अनुमतिपत्र छपाइ गरिसक्ने योजना विभागको छ । आगामी चार/पाँच महीनाभित्रैमा छापिसक्न बाँकी रहेका चालक अनुमतिपत्र छपाइ हुने उनको भनाइ छ।</p> <p style="text-align:justify">&lsquo;मास प्रिन्टर&rsquo;सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने विभागले जनाएकाे छ। पुराना चार उपकरण मर्मत गर्न लागिएको छ। तीन &lsquo;सिफ्ट&rsquo;मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको हमालले बताए। &lsquo;मास प्रिन्टर&rsquo; सञ्चालनकै लागि अहिले विभागका सातजना कर्मचारीले अहिले तालिम लिइरहेका छन्। देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले &lsquo;स्मार्ट&rsquo; चालक अनुमतिपत्र छाप्दै आएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्