इजरायली रकेट हमलाबाट हमासका गाजा मिलिट्री चिफ मारिए एजेन्सी। इजरायलले गरेको हवाई हमलामा उग्रवादी संगठन हमासका गाजा सिटी कमान्डर मारिएका छन्। हमासले यसको पुष्टि गरेको छ। २०१४ पछि गाजा संघर्षमा बुधबार मारिएका बसम इसा हमासका सबैभन्दा ठूला अधिकारी हुन्। इजरायली हमलामा गाजामा मारिने प्यालेस्टिनीको संख्या ४३ पुगेको छ, जसमा १३ बच्चा र तीन महिलासमेत छन्। तीनसयभन्दा बढी घाइते भएका छन्। इसासँगै अन्य अधिकारी पनि मारिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्