इजरायल-प्यालेस्टाइन तनाव : नेपालद्वारा शान्तिका लागि आह्वान काठमाडौं। इजरायल र प्यालेस्टाइनबीच बढ्दो तनावप्रति ध्यान आकृष्ट भएको जनाउँदै नेपालले शान्तिको मार्ग अवलम्बन गरी हिंसा रोक्न आह्वान गरेको छ। नेपालको परराष्ट्र मन्त्रालयले आज ट्वीटमा भनेको छ, “थप क्षति र विध्वंश हुन नदिन दुवै पक्षलाई अधिकतम संयम अपनाउन तथा समस्या समाधानका लागि शान्तिपूर्ण माध्यम अपनाउन आह्वान गर्दछौँ।” जेरुसलेमको अल-अक्सा मस्जिदमा केही दिनअघिको झडपयता पटकपटकको झडपले तनाव झन् बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्