प्रहरीको सक्रियतामा ५४७ थान अक्सिजन सिलिन्डर संकलन काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५४७ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ। ती मध्ये १८३ भरिएका र ३६४ खाली सिलिन्डर रहेका छन्। संकलन गरिएका सिलिन्डरमध्ये ५१२ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। बाँकी रहेका ३५ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्