इजरायल र हमासबीच हिंसा बढ्यो, युद्धको आशंका एजेन्सी। गाजापट्टीमा प्यालेस्टाइन चरमपन्थी र इजरायली सेनाबीच भारी गोलाबारी तथा रकेट आक्रमण भएको छ। पछिल्ला दिन यो क्रम बढ्दो छ। संयुक्त राष्ट्रसंघले यो झडप युद्धमा परिणत हुनसक्ने जनाउँदै चिन्ता व्यक्त गरेको छ। पछिल्लो ३८ घण्टामा प्यालेस्टाइन चरमपन्थीले एक हजारभन्दा बढी रकेट आक्रमण गरेको इजरायलले जनाएको छ। मंगलबार इजरायलले प्यालेस्टाइनमा हवाइ आक्रमण गरी दुईवटा टावर ध्वस्त बनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्