यी हुन् उपत्यकाका नयाँ विरामी भर्ना नगर्ने निजी अस्पताल काठमाडौं। निजी अस्पतालहरू अक्सिजनको अभावमा नयाँ विरामी भर्ना नगर्ने घोषणा गर्दै आएका छन्। उपत्यकाका विभिन्न अस्पतालले अर्को व्यवस्था नभएसम्मका लागि नयाँ विरामी भर्ना नगर्ने घोषणा गरेका हुन्। आजसम्म मेडिकेयर, हेल्पिङ ह्याण्डस, भारतमैत्री, दीर्घायू गुरु अस्पताल, ग्राण्डी इन्टरनेशनल अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज, बयोधा अस्पताल, ओम अस्पताल, करुणा अस्पताल, अल्का अस्पताललगायतका निजी अस्पतालले नयाँ विरामी भर्ना लिन बन्द गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्