पूर्वाधारविद् आचार्य भन्छन्- विदेशबाट अक्सिजन ल्याउन थालौं काठमाडौं। पूर्वाधारविद् सूर्यराज आचार्यले पर्याप्तमा मात्रामा अक्सिजन भएका मुलुकबाट नेपालमा अक्सिजन ल्याउन पहल गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालको अक्सिजन अभाव आपूर्ति गर्न विदेशबाट ल्याउन थाल्नुपर्ने बताएका हुन्। उनले भनेका छन्, "यतिबेला यात्रु उडानहरु रोकिएका छन्। त्यसैले फ्लाइटबाट अक्सिजन ल्याउनुपर्छ।" विदेशबाट अक्सिजनको आपूर्ति/ढुवानी गर्न सकेमात्र धेरैभन्दा धेरै बिरामी बचाउन सक्ने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्