राष्ट्रपतिद्वरा कोरोनाविरुद्धको लडाइँमा खटिएका नर्सहरुको उच्च प्रशंसा काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरानाविरुद्धको लडाइँमा अग्र भागमा खटिएका नर्सहरुको उच्च प्रशंसा गरेकी छिन्। उनले आज नर्स दिवसकोअवसरमा ट्वीट गर्दै प्रशंसा गरेकी हुन्। "कोभिड-१९ विरुद्धको लडाइँमा अग्र भागमा रहेर सङ्क्रमितहरूको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीकोअवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु," राष्ट्रपतिले ट्वीटरमा लेखेकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्