चीनले बंगलादेशलाई भन्यो– क्वाडको सदस्य नबन एजेन्सी। यदि बंगलादेश क्वाड समूहको सदस्य बन्न गएमा चीनसँगको सम्बन्ध खराब हुने बेइजिङले बताएको छ। बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले मिडियासँग कुरा गर्दै बंगलादेशलाई क्वाडको सदस्य नबन्न चेतावनी दिएको हो। क्वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत छन्। क्वाडलाई लिएर चीनले आफ्नो असहमति प्रकट गर्दै आएको छ। क्वाड एक झिनो उद्देश्यमा खुलेको भूराजनीतिक गुटमात्रै भएको चीनको टिप्पणी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्