साउदी अरबले पाकिस्तानका ११८ परियोजनामा सहयोग गर्ने एजेन्सी। साउदी अरबले पाकिस्तानको खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा तथा जलस्रोत लगायतका ११८ वटा परियोजनामा सहयोग गर्ने घोषणा गरेको छ। यसका निम्ति साउदीले १२ करोड ३० लाख डलरभन्दा बढी लगानी गरिदिने भएको हो। पछिल्लो समय पाकिस्तान चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। हालै पाकिस्तानी प्रधानमन्त्री इमरान खान साउदीको तीन दिने भ्रमणमा गएपछि साउदीले उक्त सहयोग दिने घोषणा गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्