पछिल्लो चौबिस घण्टामा चट्याङ लागेर एकको मृत्यु, पाँच जना घाइते काठमाडौं। पछिल्लो चौबिस घण्टामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका–५ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिकमा चट्याङ लागेर तीन जना घाइते भएका छन्। यस्तै, भोजपुर र ओखलढुङ्गामा एक/एक जना घाइते भएको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्