धमाधम नेपाली नागरिकमाथि अस्थायी प्रवेश निषेध लगाउँदै विदेशी काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या बढेसँगै धमाधम विदेशी राष्ट्रले नेपालीलाई आफ्नो देशभित्र प्रवेश निषेध गर्न थालेका छन्। हिजो मात्र कुवेत र युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालीलाई प्रवेशमा प्रतिबन्द लगाएका छन्। यसअघि सिंगापुर, बेलायत, बंगलादेश र जापानलेसमेत नेपाली नागरिकको प्रवेशमा रोक लगाइसकेका छन्। नेपालीलाई प्रवेशमा रोक लगाउनेमध्ये जापान, कुवेत र युएई वैदेशिक राजगारीका लागि आकर्षक गन्तव्य हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्