भक्तजनमाथि हमला मानव अधिकार उल्लंघन : प्यालेस्टाइन अल जजिरा। इजरायलको अल-अक्सा मस्जिदमा इजरायली सुरक्षाकर्मीद्वारा गरिएको हमलालाई प्यालेस्टाइनले “आपराधिक कार्य” बताएको छ। हमलाका बेला मस्जिदमा रहेका प्यालेस्टिनी नेसनल इनिसिएटिभ पार्टीका नेता मुस्तफा बारघौतीले उक्त हमलामा इजरायलले त्यहाँभित्र रहेका सबै भक्तजनको मानवअधिकार उल्लंघन गरेको आरोप लगाएका हुन्। “इजरायली सेनाको यो जातिवादी र भेदभावपूर्ण व्यवहार उचित छैन,” उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्