चीनले अन्तरिक्षमा रकेट पठाउनु गलत : नासा एजेन्सी। चीनले अन्तरिक्षमा पठाएको रकेट ‘लङ मार्च फाइभबी’लाई लिएर अन्तरिक्ष एजेन्सी नासाले आलोचना गरेको छ। नासाका प्रशासक बिल नेल्सनले भने, ‘‘चीनले अन्तरिक्षमा रकेट पठाउँदा जिम्मेवार मानक पूरा गरेन।’’ चिनियाँ रकेट वायुमण्डलमा अनियन्त्रित हुँदै माल्दिभ्स नजिक हिन्द महासागरमा आइतबार खसेको थियो। उक्त रकेट मानव आवादी क्षेत्रमा खस्ने अनुमान गरिएको थियो। अमेरिकालगायत कतिपय मुलुकले रकेट अन्तरिक्षमा पठाएकोमा विरोध गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्