चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते काठमाडौं। बितेको चौबिस घण्टामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मोरङको रंगेली नगरपालिका–१ मा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ। यस्तै मोरङको जहदा गाउँपालिका र ओखलढुङ्गाको खिजिदेम्ब गाउपालिका–८ मा एक–एक जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्