इराकमा रहेको अमेरिकी सैनिक क्याम्पमा ड्रोन हमला एजेन्सी। अमेरिकी सैनिकको उपस्थिति रहेको क्षेत्रमा शनिबार ड्रोन हमला भएको छ। यसबाट कुनै ठूलो नोक्सान नभएको, तर हमलाबारे गम्भीर जाँचबुझ थालिएको अमेरिकी गठबन्धन सेनाका प्रवक्ता कर्नेल वेयने मारोट्टोले बताएका छन्।इराकी सेनाले पनि आफ्नोतर्फ कुनै हानी नभएको बताएको छ। घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। अमेरिकाले भने यसअघिका यस्तै हमलामा इरान समर्थित मिलिसियालाई जिम्मेवार ठहर्याउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्