७० किलोभन्दा बढी गाँजा बरामद
पर्सा। बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने सोती कलवारको घरबाट ७० किलो ४८० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ। उनले गाँजाको कारोबार गर्दै आएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी लिएको थियो। तलासी लिदा प्लाष्टिकको ड्रममा लुकाइ राखेको अवस्थामा उक्त गाँजा फेला परेको थियो। हाल कलवार फरार रहेका छन्।
प्रतिक्रिया दिनुहोस्
