सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या सर्लाही। ३२ वर्षीया श्रीमती उशादेवी कर्णको हत्याको आरोपमा प्रहरीले उनका श्रीमान् विजयलाल कर्णलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका-११ डेरा गरी बस्ने लालबन्दी नगरपालिका-२ नवलपुर पुनर्बास घर भएका ३५ वर्षीय विजयलाल कर्णलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो। घरायसी विवाद हुँदा विजयलालले सिलौटोले टाउकोमा प्रहार गर्दा उशादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्