अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ धनुषा। पल्स अक्सिमिटरको कालोबजारी गरेको आरोपमा बिनिता सर्जिकल स्टोरका सञ्चालक भुपनारायण शाहलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुर उपमहानगरपालिका–९ स्थित उनको स्टोरबाट आइतबार पक्राउ गरिएको हो। उक्त स्टोरबाट एक हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर तीन हजार रुपैयाँसम्ममा बिक्री गरेको थाहा पाएपछि प्रहरीले शाहलाई पक्राउ गरेको जनाएको छ। स्टोरबाट २८ थान पल्स अक्सिमिटरसमेत प्रहरीले बरामद गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्