पोखरामा अक्सिजन बैंक स्थापना पोखरा। पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ। यहाँ क्रियासिल विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन्। अक्सिजन ग्याँसको अभावमा कोही पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर ग्याँस सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुर्‍याउने गरी काम सुरु गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्