प्रधानसेनापतिद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट तालिम तथा प्राविधिक अधिकृत आधार तालिम सम्पन्‍न भएको छ।प्रधानसेनापति थापाले तालिमका सहभागी २३ महिला, १२८ पुरुष तथा ४ विदेशी अधिकृत क्याडेट गरी १५५ अधिकृत क्याडेटहरु तथा श्रीलंकाबाट डिग्री समाप्त गरी स्वदेश फर्केका २ जनासहित जम्मा १५७ जना अधिकृत क्याडेटहरुलाई उपसेनानी दर्जाको आयुक्त पद प्रदान गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्