दिल्लीमा लकडाउन एक हप्ता थपियो काठमाडौं। भारतको संघीय राजधानी दिल्लीमा एक हप्ताका लागि लकडाउन थपिएको छ। दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले एक हप्ताको लागि लकडाउन थप्ने निर्णय गरेका हुन्। पछिल्लोपटक गरिएको घोषणाअनुसार १० मेदेखि लकडाउन सकिँदै थियो। तर अब १७ मेसम्म लकडाउन घोषणा भएको छ। दोस्रो लहरसँगै मृत्यु हुनेको संख्या बढेपछि दिल्लीसहित भारतका विभिन्न राज्यमा लकडाउन लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्