अल–अक्सा मस्जिदमा प्यालेस्टिनी र इजरायली भिडन्त एजेन्सी। शुक्रबार राति प्यालेस्टिनी श्रद्धालु र इजरायली प्रहरीबीच मस्जिद परिसरमा भिडन्त भएको छ। भिडन्तमा थुप्रै मानिस घाइते भएको बताइएको छ। झडप भएको अल–अक्सा मस्जिद मुसलमान र यहुदीहरुको पवित्र धार्मिक स्थल हो। जेरुसलेममा अहिले हिंसा निकै बढेको छ। मस्जिद परिसरमा भएको पछिल्लो झडममा१३६ जना घाइते भएको र तीमध्ये ८३ जनाको अवस्था गम्भीर रहेको प्यालेस्टिनी रेड क्रिसेन्ट आपत्कालीन सेवाले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्