हुलाकी सडक: सिरहा खण्डमा कालोपत्रे सुरु सिरहा। हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्रे सुरु गरिएको छ। पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र सुरु भएको हो। सिरहा नगरपालिका-१९ देखि औरही गाउँपालिका-४ लवटोलियासम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र सकिएको इन्जिनीयर चन्द्र यादवले बताए। तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको म्यानेजर यादवले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्