एनआरएनएले जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्ने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सक्रियतामा जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न भएको छ। एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन्। यस्तै, कोरोना संक्रमण बढेपछि गैरआवासीय नेपाली संघले दुई करोड मूल्य बराबरको एक सय थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाउने निर्णयसमेत गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्