एनआरएनएले २ करोडको 'अक्सिजन कन्सनट्रेटर' उपकरण नेपाल पठाउने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको आकस्मिक बैठकले एक सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा कोरोनाविरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान सञ्‍चालन गर्न आवश्यक रहेको औंल्याएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्