आगलागीबाट एक करोड २० लाखको क्षति उदयपुर। चौदण्डिगढी नगरपालिका–८ वीरेन्द्रबजारस्थित भरत राईको घरमा विद्युत सर्ट भई आइतबार बिहान लागेको आगो बस्तीमा फैलिँदा १ करोड २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। आगलागीबाट बस्तीका ५ वटा घर, एउटा ट्याक्टर र एउटा मोटरसाइकल जलेर उक्त क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्