सरकारलाई सिलिन्डर दिने क्रसर तथा खानी उद्योगीको घोषणा काठमाडौं। खानी तथा क्रसर उद्योगी/व्यवसायीले आफ्नो उद्योगको अक्सिजन सिलिन्डर सरकारलाई दिने भएका छन्। कोरोनाको दोस्रो लहरसँगै देशमा अक्सिजन सिलिन्डरको अभाव भएपछि रेकर्ड राखेर खाली र भरिएको सिलिन्डर सरकारलाई दिने भएका हुन्। देशभर रहेका खानी उद्योगले स्थानीय सरकार प्रमुखमार्फत सिलिन्डर सरकारलाई दिने भएका हुन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सम्पूर्ण व्यवसायीलाई सिलिन्डर दिन अपिल गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्