अक्सिजन सिलिन्डर संकलन गरी अस्पतालहरूमा वितरण भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूसमेतबाट संकलन गरिएका खाली तथा भरी ९५ थान अक्सिजन सिलिन्डर कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरिएको छ। संकलन गरिएका सिलिन्डरहरू भक्तपुर इन्टरनेशनल अस्पताल लोकन्थलीमा १२ वटा, भक्तपुर अस्पतालमा ५५, अल्का अस्पताल ललितपुरमा ३ वटा र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ वटा वितरण गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्