संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भन्छ- सगरमाथामा कोरोना फैलिएको छैन काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधारसिबिरमा कोरोना भाइरस फैलिएको समाचारको खण्डन गरेको छ। मन्त्रालयले आरोहणका लागि सगरमाथा गएका सबै टोलीमा एक जना सम्पर्क अधिकृत खटाएको बताएको छ। उनीहरुबाट अहिलेसम्म आधिकारिक रुपमा सूचना नआएकाले कोरोना फैलिएको समाचार अपुष्ट हो। यसैगरी, सगरमाथा पठाउनेक्रममा सबै आरोहीको पीसीआर परिक्षण गराएको मन्त्रालयको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्