चीन सरकारले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दियो काठमाडौं। चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ। सरकारले २० हजार अक्सिजन सिलिण्डर किन्नको लागि चीनसँग कुटनीतिक पहल गरेको थियो। तर चीनले भने अनुदानमा दिएको हो। पहिलो लटमा ४०० अक्सिजन सिलिण्डर ल्याइन लागेको छ। थप १६ सय सिलिण्डर जहाजबाट नेपाल ल्याइनेछ भने१८ हजार सिलिण्डर सडकमार्ग हुँदै नेपाल ल्याइनेछ। सिलिण्डरसहितका स्वास्थ सामाग्री ल्याउन२७ गते वाइडबडी जहाज बेइजिङ जाँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्