अक्सिजन व्यवस्थापनमा सरकारको ३ रणनीति काठमाडौं। सरकारले अक्सिजन व्यवस्थापनका लागि ३ वटा रणनीति अख्तियार गरी रहेको छ। पहिलो,उत्पादन बढाउन उद्योगलाई सहायोग गर्ने, दोस्रो, होल्ड गर्नेसँग सिलिण्डर फिर्ता लिने र तेस्रो, औद्योगिक क्षेत्रमा प्रयोग भएका सिलिण्डरलाई अस्पतलामा प्रयोग गर्ने रणनीति सरकारको रहेको छ। यही रणनीतिअनुसार होल्डमा रहेका करिब ५ हजार अक्सिजन सिलिण्डर उद्योगलाई फिर्ता पठाएको र १० वटा उद्योगबाट ११३४ वटा सिलिण्डर अस्पताल पठाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्