मेक्सिकोमा भ्रष्टाचारविरोधी अभियन्ता बेपत्ता भएपछि समातिए मेयर द गार्जियन। मेक्सिकोमा भ्रष्टाचारविरोधी एक अभियन्ता ४८ वर्षीया क्लाउडिया उरुचुर्तु क्रुज बेपत्ता भएपछि त्यहाँको नोचिक्स्ट्लानका मेयर लिजबेथ भिक्टोरिया ह्युर्टा गिरफ्तार भएका छन्। मेयरको कार्यालयअगाडि भ्रष्टाचारविरोधी प्रदर्शनपछि उनलाई नगरपालिकाले शुक्रबार समातेको र त्यसयता बेपत्ता पारिएको परिवारले उजुरी दिएको छ। मेयरले मेक्सिकोका राष्ट्रपतिकै अम्लो पार्टीबाट जितेका थिए। जितसँगै उनले सन् २०१८ मा भ्रष्टाचार र राजनीतिक दबाब हटाउने घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्