हुलाकी राजमार्गमा रुख कटान सुरु धनगढी। कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान सुरु भएको छ। रुख काट्ने कामको थालनीसँगै निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ। वनको कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो। दश दिनसम्ममा १०० वटा रुख काट्ने काम सकेपछि राजमार्ग निर्माण कार्य अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्