कंगना रनौत कोरोना संक्रमित काठमाडौं। बलिउडकी विवादित अभिनेत्री कंगना रनौत कोरोना संक्रमित भएकी छिन्। उनले इन्स्टाग्राममा आफू कोरोना संक्रमितको भएको जानकारी दिएकी हुन्। केही दिनदेखि उनी आँखा दुख्ने, थकान तथा कमजोरी महसुस हुने समस्याबाट पीडित थिइन्। त्यसपछि उनले हिमाञ्चलमा पीसीआर परीक्षण गराएकी थिइन्। पिसिआरका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको हो। पोजिटिभ भएपछि उनी होम आइसोलेनसमा बसेकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्