कोरोना निको पार्न धार्मिक जुलुस! एजेन्सी। गुजरातको गान्धिनगरमा मानिसहरु जम्मा भएर कोरोना निको पार्न भन्दै धार्मिक जुलुस निकालेका छन्। जुलुसमा सहभागी कसैले पनि मास्क त लगाएका थिएनन् नै सामाजिक दूरी झनै थिएन्। त्यहाँस्थित एक मन्दिरमा जल चढाएपछि कोरोना भाग्ने विश्वासमा जुलुस निकालिएको हो। प्रहरीले सूचना पाएपछि जुलुसमा सहभागी ४६ जनालाई पक्राउ गरेको छ। गुजरातमा कोरोना फैलिएसँगै सार्वजनिक समारोहमा प्रतिबन्ध लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्