चट्याङ लागेर एकको मृत्यु, आठ घाइते गुल्मी। मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकको ज्यान गएको छ भने अन्य आठजना घाइते भएका छन्। ज्यान जानेमा मुसिकोट नगरपालिका-४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहा रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चट्याङले लागेर जुनी गाहा, मेलिना गाहा, जेनित गाहा, तुलबहादुर गाहा, उजुर सिंह गाहा, फटिकला गाहा, चित्रबहादुर गाहा र ज्योति गाहा घाइते भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्