कोरोना संक्रमितको उपचारका लागि अजय देवगणले खोले निःशुल्क आइसोलेसन सेन्टर काठमाडौं। बलिउड अभिनेता अजय देवगनले मुम्बइमा कोभिड केयर सेन्टर स्थापना गरेका छन्। आनन्द पण्डितसँग मिलेर मुम्बइका विभिन्न स्थानमा सेन्टर खोलेका हुन्। २० वेडको ति सेन्टरमा बिरामीहरुले निःशुल्क आईसीयू, अक्सिजन, भेन्टिलेटरको सुविधा पाउनेछन्। यो सेन्टरमा विरामीको उपचारमा हुने सबै खर्च अजय र आनन्दले बेहोर्नेछन्। यसअघि अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र बनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्