प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि आज स्वाब संकलन गरिएको छ। २७ गते संसदको विशेष अधिवेशनका लागि सांसदकासाथै बैठकमा सहभागी हुने सबैको स्वाब संकलन र परीक्षण गर्न थालेको हो। यही सिलसिलामा प्रधानमन्त्री ओलीको पनि स्वाब संकलन भएको हो। आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षाकर्मी र चालकहरुसहित १०० जना भन्दा बढीको स्वाव संकलन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्