कोरियाबाट गौतमबुद्ध क्रिकेट रङ्गशालालाई साढे चार लाख सहयोग सियोल। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन कोरियाबाट सहयोग आएको छ। वैदेशिक रोजगारीका क्रममा कोरिया गएका नेपालीले ४ लाख ५२ हजार रूपैयाँ सहयोग गरेका हुन्। यहाँका नेपालीले ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने अभियान सञ्चालन गरेर धुर्मुस-सुन्तली फाउन्डेशनलाई उक्त रकम सहयोग गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्